एस जे मोटोको ‘अगस्टा सुपरभेलोचे सिरी ओरो’ मोटरसाइकल लञ्च « Khabarhub

एस जे मोटोको ‘अगस्टा सुपरभेलोचे सिरी ओरो’ मोटरसाइकल लञ्च


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एस जे मोटोले एमभी अगस्टा सुपरभेलोचे सिरी ओरोको लञ्च गरेको छ । एस जे मोटोले नेपालमा मोटरसाइकल र मोटरसाइकल संस्कृतीलाई मान्यता दिन अगस्टा सुपरभेलोचे सिरी ओरोको लञ्च गरेको जनाएको छ ।

बिहीवार एक कार्यक्रमकाबीच जनश्वास्थ्यको मापदण्डलाई पालना गर्दै सिमित मानिसहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको थियो ।

सुपरभेलोचे ओरो मोटरसाइकल विश्वप्रशिद्ध इटालिनय ब्राण्ड, एमभी अगस्टाको नियो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्री बाट व्युत्पन्न इन(लाइन तीन सिलिन्डर ईन्जिन र एक कम्याक्ट शरीर संरचना साथै नियमित डिजाइनको लागि सुविधा प्रदान गर्दै आएको छ ।

हाल ३ सय उत्पादन गरिएको उक्त मोटरसाइकल रेसिङ बिरासतबाट प्रेरित भएपनि यसमा उच्च प्रविधिको प्रयोग गरिएको छ ।

एस जे मोटो नेपालमा नयाँ र रिफर्बिस गरिएको सुपर बाइकहरुको लागि एक प्रीमियर मोटरसाइकल शोरुम हो । साथै यो अन्य एतिहासिक मोटरसाइकल र सुपर बाइकहरुको लागि संग्रहालय समेत रहेको कम्पनीले जनाएको छ । त्यसका साथै उक्त ग्यालेरीमा कफी सप समेत सञ्चालनमा रहेको छ जसले नेपाली संस्कृति झल्किने जैविक कफी समेत प्रदान गर्दछ । यसैगरी यो शार्क हेलमेट्स, सेगुरा बेयरिंग गियर्स, डीजेआई ड्रोनहरु र विशिष्ट एस जे मोटो व्यापारिक सामानको खुद्रा वितरक च्यानलपनि हो ।

कम्पनीले दिएको जानकारी अनुसारहाल एसजे मोटोसँग हाल एमभी अगस्टाका MV Augusta F3, MV Agusta F4, MV Augusta Dragster, MV Agusta Brustale 800, MV Agusta Turism Velove र MV Agusta Tourism Velcone Lusso बाइकहरु रहेका छन् । त्यतिमात्रै नभएर रिफर्बिस गरिएका बाइकहरु पनि बिक्री तथा वित्तीय सुविधाका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैगरी एमभी सुपरलेभेलोचे वा अरु कुनै एमभी अगस्टा बाइक बुकिङ्ग गर्न चाहनेहरुले बाइकको शोरुम अथवा [email protected] मा ईमेल गर्नका लागि समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ५ : ०५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर