अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन « Khabarhub

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध तथा उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो ।

उक्त प्रतिबेदनअनुसार अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरूमध्ये १५ मा अलकायदा सक्रिय रहेको देखिएको छ । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकुहरु रहेको समेत पाइएको छ । उत्तरी काकेशस क्षेत्र, पाकिस्तान र अफगानिस्तान सरकारसँग लडिरहेको चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका व्यक्तिहरु संलग्न भएको पाइएको हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को रिपोर्टको अनुगमन टोलीले सन् २०२० को फेब्रअरीमा दोहामा अमेरिकी प्रशासन र पाकिस्तानमा रहेका तालिबान नेतृत्व परिषद् तथा अलकायदा र तालिबान गठबन्धन, अन्तर्राष्ट्रिय आतंकवाद र अमेरिकी प्रशासन एवं तालिबानबीच सम्झौतामा हस्ताक्षर भएदेखि नै शान्तिपूर्ण प्रयासबारे छलफल गरे पनि अफगानिस्तानमा युद्धको प्रमुख र अन्तर्निहित कारण पहिचान गर्न असफल भएको थियो ।

अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धका लेखक क्रिस अलेक्जेन्डर  र २००५ र २००९ सम्म अफगानिस्तानका लागि संयुक्त राष्ट्र संघको पूर्वउपविशेष प्रतिनिधिसँग एक भर्चुअल कुराकानीमा क्रिसले केही अलकायदाका नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएका छन् ।

क्रिसका अनुसार विभिन्न प्रतिवेदनहरु, पत्रकारहरुका आधिकारिक स्रोत, अनुसन्धानकर्ताहरु, पाकिस्तानी अधिकारी र त्यसअघिका अनुसन्धान अधिकारीहरुका अनुसार अलकायदा संरचनात्मकरुपमा पाकिस्तानमा बस्दै आएको छ ।

सन् १९९८ मा अलकायदाको गठन भएदेखि नै आतंकवादी समूहका शीर्ष नेताहरु पाकिस्तानमा बस्दै आएका छन् । तर, प्रतिवेदनमा भने उनीहरु पाकिस्तानमा बसेकोबारे उल्लेख गरिएको छैन ।

यसबारे उल्लेख गरिएको अवस्थामा उनीहरुले पाकिस्तानमा मुल मुद्दाका विषयमा सम्झौता गर्न सुरु गर्ने आशंकाले सो विषय उल्लेख नगरिएको क्रिसले बताएका छन् । यसको विस्तृत विवरण सार्वजनिक भए अफगानिस्तान र पाकिस्तानको प्रोक्सी युद्ध वास्तवीक सशस्त्र युद्धमा परिणत भएर पूरै एसियाको अशान्त हुने जोखिम रहेको उनले जनाएका छन् ।

उनका अनुसार हरेक वर्ष अलकायदा र अन्य आतंवादी समूहका हजारौं लडाकुहरु मारिने भएकोले पनि उनीहरुले अहिले कुनै ठूलो गतिविधि सञ्चालन गरेका छैनन् ।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि भने तालिबानी लडाकु समूहसँग मिलेर अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै क्षेत्र कब्जा गर्ने गरेका छन् । हक्वानी समूहले पनि अलकायदासँग मिलेर विभिन्न आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेको पाइएको छ ।

सन् २०२० को अमेरिका र तालिबानीबीचको शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धी अमेरिकी सेनाको फिर्ता भएको र हजारौं तालिबानी कार्यकर्ताहरुको रिहाइ भएको बताइएको छ । तर, नाटो र अमेरिकी सेना फिर्तापछि पनि तालिबानी समूहले सत्ता कब्जा नगरेसम्म युद्धलाई जारी राख्नसक्ने चेतावनी भने दिइएको छ ।

स्रोत : अफगानडायस्पोरा डट नेट

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : ४५ बजे

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे  बस्दैछ ।  बैठक

इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट

तेहरान– इरानले फुजैराह पोर्टको तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

एजेन्सी– दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो

इरानको आरोप : अमेरिकी ‘प्रोजेक्ट फ्रीडम’ ले जोखिम बढायो

तेहरान– इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज