गुप्तांगमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई महिला पक्राउ « Khabarhub

गुप्तांगमा लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा दुई महिला पक्राउ


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं—गुप्तांगमा लुकाएर लागुऔषध ब्राउन सुगर तस्करी गरेको आरोपमा प्रहरीले झापाबाट दुई महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गुप्तांगमा ४४ दशमलव ३ ग्राम ब्राउन सुगर लुकाएर तस्करी गरेको आरोपमा झापा दमक–१ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार दक्षिण झापाको गौरीगन्ज गाउँपालिका–४ को कदमगाछीस्थित सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले चेकजाँच गर्दा संवेदनशील अंगमा लागुऔषध लुकाएर ल्याएको अवस्थामा पक्राउ गरको हो ।

अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ३० बजे

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३