‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य « Khabarhub

‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमा बढायो : मेयर शाक्य


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नेपाल मास्क अभियान’ ले धरहराको गरिमालाई थप बढाएको बताएका छन् ।

आज वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्बोधन गर्ने सिलसिलामा महानगर प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

‘धरहराबाट सरकारले मास्क अभियान थालेको छ, यो सकारात्मक हो,’ शाक्यले भने, ‘धरहरा निर्माण भएपछि त्यसको गरिमा थप बढेको छ । धरहराको महत्व महानगरवासीले मात्रै होइन सिङ्गो देशवासी र विदेशीहरुले पनि थाहा पाए ।’

सरकारले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शनिबार साँझ धरहरामा ‘म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर अभियानको प्रचार सुरु गरेको थियो ।

मेयर शाक्यले आफ्ना कार्यकालमा थुप्रै कामहरु सम्पन्न भएको बताउदै भने, ‘धरहरा हाम्रै कार्यकालमा बनाउने भनेका थियौँ । धरहरा बनिसकेको छ, पार्किङलगायतको काम बाँकी छ । रानीपोखरी पुर्ननिर्माण गर्छौ भनेका थियौँ । त्यो बन्यो । ऐतिहासिक कमलपोखरी पनि पुर्ननिर्माण सम्पन्न हुने चरणमा छ ।’

कमलपोखरी पुननिर्माण सम्पन्न भएपछि रानीपोखरी भन्दा सुन्दर देखिने पनि उनले बताए ।

‘रानीपोखरी भन्दा कम हुनेछैन कमलपोखरी,’ उनले भने, ‘त्यहाँको प्रहरी कार्यालय मालिगाउँमा सारेपछि करीब पाँच रोपनी जग्गा थपिएको छ । थपिएको जग्गासहितको पहिलो चरणको कमलपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा छ ।’

उनले केही दिन अघि बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा लागेको आगो नियन्त्रणमा हेलिकोप्टरले रानीपोखरीको पानी प्रयोग गरेको स्मरण गराउँदै शहरका बिचका त्यस्ता पोखरीहरुको महत्व थप बढेको बताए ।

‘बालाजुको नेविको विष्कुट कारखानामा आगलागी हुँदा दमकलले त आगो निभाउँदै थियो । हेलिकोप्टरबाट पनि पानी हालेर आगो निभाउने काम भयो,’ शाक्यले भने, ‘हाम्रो कार्यकालमा रानीपोखरी बनाउन नसकेको भए त्यहाँको आगो नियन्त्रणमा ल्याउन थप केही घण्टा लाग्न सक्थ्यो कि ? त्यसैले यस्ता पोखरीहरुको महत्व थप बढ्दै गएको छ ।’

उनले रानीपोखरी, कमलपोखरी, नागपोखरीलगायतका पोखरी जस्ता ऐतिहकि सम्पदाको संरक्षण र सौदर्यीकरण गर्ने अभियानलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ९ : २० बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ