टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा « Khabarhub

टी-ट्वान्टी विश्वकपका लागि कोहलीको कप्तानीमा भारतीय टिम घोषणा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि विराट कोहलीको कप्तानीमा भारतले टिम घोषणा गरेको छ ।

युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताका लागि बुधबार भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले कोहलीको कप्तानीमा टिम घोषणा गरेको हो ।

टिममा रोहित शर्मा उपकप्तान रहेका छन् । यस्तै केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त, इशान किशन, हार्दिक पाण्डय, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्षर पटेल, भरुण चक्रवर्ती, जस्प्रित बुम्राह, भुवनेश्वर कुमार र मोहमद शामी टिममा समेटिएका छन् ।

कोरोना महामारीले भारतबाट सरेको विश्वकप टी-ट्वान्टी क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुदैछ । भारतले विश्वकपको पहिलो खेलमा अक्टोबर २४ मा पाकिस्तानसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ५५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु