तीजले सद्भाव अभिवृद्धिमा उत्प्रेरित गरोस् : प्रधानमन्त्री देउबा | Khabarhub Khabarhub

तीजले सद्भाव अभिवृद्धिमा उत्प्रेरित गरोस् : प्रधानमन्त्री देउबा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् ।

भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।

कोभिड–१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ८ : ४० बजे

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय

जेन जी पुस्ताको आन्दोलनमा बालेनले गरे समर्थन

काठमाडौं– सोमबार राजधानी काठमाडौं लगायत देशभर स्वतः स्फूर्त रूपमा आह्वान