स्वास्थ्यको ख्याल गरेर तीज मनाउन उपराष्ट्रपति पुनको आग्रह | Khabarhub Khabarhub

स्वास्थ्यको ख्याल गरेर तीज मनाउन उपराष्ट्रपति पुनको आग्रह


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन् ।

आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तीज मनाउँदै छन् ।

‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन् ।

साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ९ : २० बजे

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय

जेन जी पुस्ताको आन्दोलनमा बालेनले गरे समर्थन

काठमाडौं– सोमबार राजधानी काठमाडौं लगायत देशभर स्वतः स्फूर्त रूपमा आह्वान

सामाजिक सञ्जाल बन्दबारे प्रधानमन्त्रीले भने- देशलाई हेपेको सहन सकिँदैन

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा