म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु « Khabarhub

म्यासोडोनियाको कोभिड अस्पतालमा आगलागी, १० जनाको मृत्यु


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ ।

म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए ।

मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए । आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो । आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन ।

कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो । २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १० : २० बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज