शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो « Khabarhub

शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस मनाउन गरेको प्रस्ताव करिब सात महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।

मन्त्रालयले दुई वटा विकल्पसहित प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।

तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार तीनधारा संस्कृत पाठशाला स्थापना भएको दिन र राणाकालीन कानून (इस्तिहार) जारी भएको दिन मध्ये कुनै एक दिन शिक्षा दिवस मनाउने प्रस्तावसहित शिक्षा मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । तर हालसम्म प्रधानमन्त्री कार्यालयबाट शिक्षा दिवसको विषयमा कुनै प्रतिक्रया आएको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताबमा निर्णय गर्ने बताए पनि मिति टुङ्गो लगाउन सकिएको थिएन । २०३१ साल फागुन १२ गते तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको अवसर पारेर सो मितिमा शिक्षा दिवस मनाउन थालिएको थियो ।

शिक्षा मन्त्रालयका अनुसार २०६२/६३ को आन्दोलनपछि २०६३ साल फागुन १२ गते शिक्षा दिवस मनाइएन र त्यसलाई २०६४ सालको अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउने निर्णय गरिएको थियो ।

सोही अनुरुप हरेक सेप्टेम्बर ८ अर्थात् भदौ २३ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा पनि मनाउन थालिएको थियो । गत वर्ष तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले साक्षरता दिवस र शिक्षा दिवस एकै दिन मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयन गर्ने निर्णय गरेपछि अहिले शिक्षा दिवस मनाइएको छैन ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : १२ बजे

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि