दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि « Khabarhub

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ।

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ ।

चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए। ‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो’, उनले भने, ‘अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्याँस छ भनेर अन्तिम सर्भे हुनेछ ।’

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन। अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ । ‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ’, उनले भने, ‘टोली आउनासाथ धमाधम काम शुरु हुन्छ।’

दुबै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम शुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ । ‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला’, भूगर्भविद् डा. रजौरेले भने, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ।’

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु गरिएको थियो। विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ।

करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्याँसकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण शुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख छ ।

चार हजार मिटर ड्रिलिङ हुने

अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्याँस वा पेट्रोल छ भनेर थाहा हुनेछ । यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्याँस वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो ।

नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोहीअनुसार विभिन्न चरणमा काम शुरु भइरहेका छन् ।

कोरोनाका कारण रोकियो अन्तिम सर्वेक्षण

विभागका अनुसार काम शुरु भइरहेकै बेलामा कोरोना सङ्क्रमणको दर बढेपछि केही समस्या भएको छ । अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो । कोभिड सङ्क्रमणकै कारण झण्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १२ : ५७ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा