अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतमा क्वारेन्टिनमा | Khabarhub Khabarhub

अफगानिस्तानबाट उद्धार गरिएका ११ नेपाली भारतमा क्वारेन्टिनमा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलबाट भारत फर्किएका ११ नेपाली भारतको एउटा केन्द्रमा अनिवार्य क्वारिन्टनमा बसेका छन् । काबुलबाट उद्धार गरिएका २४ जना भारतीयसँगै उनीहरू दुई साता क्वारेन्टिनमा बसेका हुन् ।

उनीहरूलाई नयाँ दिल्लीको भारत–तिब्बत सिमा प्रहरी (आईटीबीपी) केन्द्रमा क्वारेन्टिनमा राखिएको थियो । भारत सरकारले उनीहरूलाई दुई साताअघि अफगानिस्तानबाट उद्धार गरी नयाँ दिल्ली पुर्‍याएको थियो ।

कोभिड परिक्षणपछि यही २६ अगस्टमा उनीहरूलाई अनिवार्य क्वारेन्टिनमा राखिएको थियो । कोभिड परिक्षण गर्दा उनीहरू सबैको रिपोर्ट नेगेटि आएको थियो । क्वारेन्टिन अवधिभर उनीहरू सबैलाई निःशुल्क खाने, बस्ने, खेल्नेलगायतको व्यवस्था मिलाइएको थियो ।

केन्द्रले क्वारेन्टिन अवधिभर योग अभ्यास गराउनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी काउन्सेलिङ प्रदान गरेको थियो । अहिलेसम्म केन्द्रमा बंगलादेश, चीन, म्यानमार, माल्दिभ्स, अमेरिका, दक्षिण अफ्रिका र अफगानिस्तानका ४२ जना सो केन्द्रमा क्वारेन्टिनमा बसिसकेका छन् ।

केन्द्रमा अहिलेसम्म अफगानिस्ताबाट भारत फर्किएका एक सय १३ जना अनिवार्य क्वारेन्टिनमा बसेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  १ : ०५ बजे

पत्रकार नेपालको पोस्टपछि सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा