नेपाली फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै « Khabarhub

नेपाली फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएको छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ ।

साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको राजधानी मालेमा हुनेछ । साफमा नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत र श्रीलंकाको सहभागिता जनाउने छन् । कोरोनाका कारण भुटानले नाम फिर्ता लिएको छ भने फिफा प्रतिबन्धका कारण पाकिस्तानले सहभागीता जनाउन पाउने छैन ।

नेपालले गत १७ र २० भदौमा साफ च्याम्पिनसिप तयारी लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंशगशालामा भएको पहिलो मैत्रीपूर्ण खेल १(१ को बराबरीमा समाप्त भएको थियो । दोस्रो खेल भारतले २(१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।

एन्फाले कतार भ्रमण तयसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २१ भदौमै कतार प्रस्थान गरेका थिए । कतार भ्रमणमा टोलीका डिफेन्डर रोहित चन्द उपलब्ध हुने छैनन् । उनी इन्डोनेसियाको लिग वान खेल्न व्यस्त छन् । उनी साफ अगाडि टोलीमा जोडिने छन् । अन्य खेलाडी भने भारतविरुद्ध मैत्रीपूर्ण खेलेका खेलाडी नै हुने छन् ।

कतार भ्रमणबाट नेपाली टोली २७ सेप्टेम्बरमा माल्दिभ्स पुग्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : २२ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार