स्कोलर्स बास्केट बल शुक्रबारदेखि « Khabarhub

स्कोलर्स बास्केट बल शुक्रबारदेखि


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केट बल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २८ र गर्ल्समा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजको नकआउट तथा गर्ल्सको लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ ।

ब्वाइजमा पहिलो हुनेले ७ हजार तथा दोस्रोले ४ हजार नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दीप बराइलीले जानकारी दिए । गर्ल्समा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने बताइएको छ । दुइदिने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामराज पण्डित, सञ्चालकहरु चुडामणि शर्मा, रमेश सुवेदी, हरिप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  २ : ५७ बजे

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न सम्बन्धित

स्वास्थ्य सचेतनासँगै निःशुल्क परीक्षण शिविर

झापा– झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठबीच आज भेटवार्ता हुँदै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहेका भारतीय

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका– ८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि

सुरक्षित मातृत्वमा फड्को मार्दै बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुर गाउँपालिकाले सुरक्षित मातृत्वको