जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने « Khabarhub

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएका छन् ।

यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शीर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्ट जाने भएका हुन् ।

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ ।

जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम बैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उनले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ ।

कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उनले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेबारीसमेत नलिने भएका छन् ।

जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उनले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री सिन्जे आवेको आकस्मीकरुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

झण्डै एक वर्षे कार्यकाल विताएर उनले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लाग्नु भएको उनी निकटस्थले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ३ : ५४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित