धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने « Khabarhub

धौलागिरिमा इन्धन अभाव, साँझसम्म लोकमार्ग खुल्ने


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय गौरवको सडक सञ्जाल मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड विगत एक सातादेखि अवरुद्ध हुँदा धौलागिरिमा इन्धन अभाव भएको छ ।

१८ भदौदेखि आएको पहिरोले पर्वतको चुवादेखि डिमुवासम्मको सडक क्षतविच्छेद गरेपछि सड्क यातायात पूर्णरूपले बन्द भएको हो । सडक नखुल्दा धौलागिरिमा डिजेल, पेट्रोल, मट्टितेलको अभाव भएको उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए ।

साविक धौलागिरिका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा तरकारी तथा फलफूलको समेत अभाव छ । स्थानीयस्तरमा उत्पादन भएको तरकारीले बजार माग धान्न नसकेपछि मूल्य वृद्धि भएको छ ।

सडक यातायात सञ्चालन नहुँदा धौलागिरि क्षेत्रबाट उपचारको लागि पोखरा, काठमाडौं तथा देशका अन्य ठूला अस्पतालमा जानुपर्ने बिरामी मर्कामा परेका छन् । आपतकालीन अवस्थाका बिरामीका आफन्तले चर्को भाडा तिरेर हेलिकप्टर प्रयोग गर्न बाध्य भएका छन् ।

एक सातादेखि सडक अवरुद्ध भए पनि बागलुङमा खाद्यान्न अभाव नभएको अध्यक्ष राजभण्डारीले बताए । ‘हामीसँग दुई महिनालाई पुग्ने खाद्यन्न स्टक छ’, उन भने, ‘आत्तिएर भण्डार गर्नुपर्दैन ।’
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले अवरुद्ध सडक खुलाउने काम जारी राखेको छ । अन्य क्षेत्रको पहिरो पन्छ्याउने काम सकिए पनि मोदी गाउँपालिकाको पातीचौरमा खसेको ठूलो चट्टान हटाउन कठिन भएको मध्यपहाडी लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर उज्जवल शर्माले बताए । नेपाली सेनाको केवल जंग गुल्मसँग समन्वय गरी ठूला ढुंगालाई विस्फोटक पदार्थ प्रयोग गरी फुटाउने कार्य भइरहेको छ ।

बिहीबार साँझसम्म लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा आउने इन्जिनियर शर्माको भनाइ छ । पहिरोले क्षतविच्छेद गरेको क्षेत्रमा तीनवटा डोजर प्रयोग गरेर ढुंगा माटो हटाउने काम भएको छ ।

‘अन्य ठाउँमा समस्या छैन’, इन्जिनियर शर्माले भने, ‘पातीचौरको ढुङ्गा हट्यो भने सडक नियमित सञ्चालन हुन्छ ।’ पहिरोले धौलागिरिमा इन्टरनेट सेवासमेत अनियमित बनाएको छ । फाइबार तार परेपछि सेवा प्रभावित बनेको हो । न्यूज कारखाना

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ४ : ०९ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा