बंगलादेशविरुद्ध सविता र प्रीतिको डेब्यु शानदार « Khabarhub

बंगलादेशविरुद्ध सविता र प्रीतिको डेब्यु शानदार


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई खेलाडीको डेब्यु सुखद् बनेको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् । डेब्यु दुबै खेलाडीले खेलको पहिलो हाफमै गोल गर्दै शानदार शुरुवात गरे ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै डेब्यू खेलाडी सविता रानाले नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोली डेब्यु गरेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।

घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२  छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ भने दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ०३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको