बंगलादेशविरुद्ध सविता र प्रीतिको डेब्यु शानदार « Khabarhub

बंगलादेशविरुद्ध सविता र प्रीतिको डेब्यु शानदार


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई खेलाडीको डेब्यु सुखद् बनेको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् । डेब्यु दुबै खेलाडीले खेलको पहिलो हाफमै गोल गर्दै शानदार शुरुवात गरे ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै डेब्यू खेलाडी सविता रानाले नेपाललाई अग्रता दिलाइन् । त्यस्तै खेलको २४ औँ मिनेटमा प्रिती राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोली डेब्यु गरेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।

घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२  छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेलिरहेको छ भने दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ०३ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार