कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा « Khabarhub

कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो ।

हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

भौगोलिक विकटताकाबीच आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ शाहीको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयमा कार्यरत शाही ५ कात्तिक २०७७ देखि सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका छन् । आफु आएदेखि नै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन लगायतका विषयलाई थप प्राथमिकताका साथ हेरेको प्रजिअ शाहीको दाबी छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ०९ बजे

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको