कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा « Khabarhub

कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा


२४ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु चौथो नम्बरमा पर्न सफल भएको छ । गृह मन्त्रालयका सहसचिव कमलराज ढकालका अनुसार मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को कार्यसम्पादन मुल्यांकनको नतिजामा सोलुखुम्बु चौथो नम्बरमा परेको हो ।

हिमाली जिल्ला सोलुखुम्बु भौगोलिक कठिनाइका बावजुत देशभरका अन्य सुगम जिल्लाहरुलाईसमेत उछिन्दै कार्यसम्पादनमा चौथो नम्बरमा आउनु खुसीको कुरा भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताए ।

भौगोलिक विकटताकाबीच आफूले गरेको कार्यसम्पादनको आधारमा गृहले गरेको मुल्यांकनले आगामी दिनको कार्यसम्पादनमा थप उत्साह थपेको प्रजिअ शाहीको भनाइ छ ।

शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा कार्यसम्पादन मूल्यांकन नतिजा निकालिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रालयमा कार्यरत शाही ५ कात्तिक २०७७ देखि सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी जिम्मेवारी सम्हाल्दै आएका छन् । आफु आएदेखि नै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन लगायतका विषयलाई थप प्राथमिकताका साथ हेरेको प्रजिअ शाहीको दाबी छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार  ६ : ०९ बजे

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा