कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र « Khabarhub

कम्पनीले घर नपठाउदा साउदीमा १९ नेपाली अलपत्र



दोहा– करार अवधि सकिँदा पनि कम्पनी घर नपठाउदा दशैँको मुखैमा साउदीमा १९ नेपाली अलपत्र परेका छन्।

विभिन्न म्यापपावरबाट साउदी अरब पुगेका नेपाली १९ युवा अलपत्र परेका हुन् ।

साउदीको जेद्धास्थित सेद इन्टरनेसनलले कम्पनीले भिसाको म्याद सकिएर एक्जिट भिसा नलगाइ दिएपछि आफूहरू घर फर्कन नपाएको पाँचथरका सबिन चेम्जोङ्गले बताए ।

उनले भने, ‘दुई वर्षको करार अबधि सकेर विगत पाँच महिनादेखि घर फर्कँने पर्खाइमा छौँ । कम्पनीले अहिले घाटामा रहेको भन्दै विस्तारै पठाउँछु भन्छ । हामी काम बिहीन भएका छौँ ।’

‘दुई वर्ष भयो घर नगएको यसपाली दशैँमा त घर पुगिएला भन्ने सोचेका थियौँ त्यो सपना पूरा नहुने भयो,’ उनले खबरहबसँग भने, ‘अब कहिले घर फर्कन पाइएला भन्ने चिन्ताले सताउँछ ।’

उनले भने, ‘हामी एउटै कम्पनीमा काम गर्ने १९ जना घर फिर्तीको पर्खाइमा छौँ । केही साथीहरूलाई कम्पनीले घर पठायो, मेरो पनि कम्पनी पुरै सेटलमेन्ट दिएको पाँच महिना भैसक्यो, तर अझै कम्पनीले घर पठाएन् ।’

आफूहरूले पटक पटक जेद्धास्थित महावाणिज्य दूतावासलाई समस्या जानकारी गराए पनि दूतावास कानमा तेल हालेर बसिरहेको उनीहरूले आरोप लगाएका छन् ।

विगत लामो समय भिसाविहीन अवस्थामा बसिरहेको भन्दै उनीहरूले त्यहाँ रहेका विभिन्न संघसस्था लगायत सम्बन्धित निकायलाई सहयोगको लागि आग्रह गरेपनि आफूहरूको समस्याको कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

पछिल्लो समयमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई बिना पारिश्रमिक कम्पनीबाट निकाल्ने तथा समयमा तलव नदिने तथा करार अबधि सकिएपछि पनि घर नपठाउने गरेका छन् ।

यी हुन् साउदीमा अलपत्र परेका १९ नेपाली

१. सबिन चेम्जोङ्ग – पाँचथर
२. सुदिप राई – इलाम
३. मनोज गिरी – उदयपुर
४. अनिल गुरुङ -कास्की
५. भोजराज थिङ तामाङ – धादिंङ
६. केदार रेग्मी – झापा
७. संजय राजबंम्सी – झापा
८. केशब राना मगर – भोजपुर
९. सुनिल कुमाल पण्डित – झापा
१०. प्रताप राई – झापा
११. जयबहादुर घर्ती मगर – रोल्पा
१२. रामकुमार यादव – सुनसरी
१३. सुरेश तामाङ – भैरवा
१४. लखन मण्डल – सुनसरी
१५. उपेन्द्र कार्की सिन्धुपाल्चोक
१६. बिष्णु खड्का – सुनसरी
१७. सुमन लामा – नुवाकोट
१८. गजेन्द्र भण्डारी – बर्दिया
१९. रमेश

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १० : ५४ बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु