दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या | Khabarhub Khabarhub

दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी निमोठेर हत्या गरेपछि गुडियाले पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

श्रीमान मजदुरी गर्न घरमा नरहेको समय शुक्रबार साँझ दुई छोराको हत्यापछि गुडियाले आत्महत्या गरेको धनुषा प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

घरमा सासूससुरामात्रै रहेको बेला गुडियाले घटना घटाएर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । गुडियाले प्रेमविवाह गरेका कारण छोराहरूको हत्यापछि आत्महत्या गर्न नसक्ने माइती पक्षको दावी छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : २६ बजे

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण