जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

जुम्लामा ४६ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा ४६ हजार ६४२ जनाले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप लगाएका छन् ।

पहिलो र दोस्रो मात्रा गरी जिल्लामा सो सङ्ख्यामा नागरिकले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार जिल्लामा पूरा मात्रामा खोप लगाउनेको सङ्ख्या १९ हजार ८४७ रहेका छन् ।

२७ हजार ७९७ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । जिल्लामा कोभिड– १९ विरुद्धको खोप १८ वर्षदेखि माथिकालाई दिएको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले बताए ।

खोप लगाउन छुटेका र बाँकी रहेका नागरिकलाई अब छिट्टै खोप लगाइने छ । दोस्रो खोपको पर्खाइमा बसेका नागरिकलाई पनि छिट्टै खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न सबैमा आग्रह गरेको छ । दसैँ, तिहार नजिकिँदै गर्दा सहर बजारमा भिडभाड बढेको देखिन्छ । यसले कोरोना फैलाउने देखिन्छ ।

भिडभाड नगरी सुरक्षितरुपमा दसैँ, तिहार मनाउन सबैलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ७ : ०९ बजे

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक