आर्यन हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा | Khabarhub Khabarhub

आर्यन हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कसैलाई अहिले तनाव छ भने पक्कै पनि त्यो तनाव अभिनेता शाहरुख खानलाई नै हो । किनकी उनका छोरा आर्यन खानलाई लागुऔषध मामलामा मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

यहीकारण शाहरुखलाई व्यावसायिक रुपमा करोडौंको घाटा लाग्न सुरु भइसकेको छ । शाहरुखसँग जोडिएका सबै विज्ञापनलाई विज्ञापन कम्पनी बायजूले फिर्ता लिएको छ । जसकारण उनलाई करोडौं घाटा भएको छ ।

शाहरुख सन् २०१७ देखि एजुकेशन एप बायजूको ब्राण्ड एम्बासेडर थिए । उनले यो ब्राण्डका लागि कैयौं विज्ञापन गरिसकेका छन् । आर्यन लागुऔषध मामलामा पक्राउ परेपछि शाहरुखविरुद्ध सामाजिक सञ्जालमा लगातार आक्रोश व्यक्त भइरहेको छ । शाहरुख लगातार ट्रोलमा परेपछि कम्पनीले यो कदम उठाएको हो । यो ब्राण्डबाट शाहरुखले वार्षिक रुपमा ४ करोड रुपैंयाँसम्म पाउँथे ।

‘बायजूले शाहरुखसँग जोडिएका सबै प्रमोसन हालका लागि रोकेको छ । शिक्षा क्षेत्रमा कार्यरत यो कम्पनी शाहरुखको विवादसँग जोडिन चाहदैन । यी विज्ञापनलाई सामान्य प्रक्रियामा एडभान्स बुक गरिएको थियो । त्यसकारण यसलाई रोक्नका लागि केही समय लाग्नेछ’, कम्पनी निकट स्रोतले भनेको छ ।

बायजूका अलावा शाहरुखले हुण्डाई, एलजी, दुबई टुरिजम, आईसीआईसीआई बैंक र रियालन्स जिओसहित कैयौं ब्राण्डको प्रमोसन गरिरहेका छन् । उनी बिग बास्केटसँग पनि जोडिएका छन् ।

क्रिएटिभ एड एजेन्सी एफसीबी इण्डियाका ग्रुप चेयरमेन रोहित ओहरीले शाहरुखको ब्राण्ड भ्यालुले बायजूलाई ठूलो सहयोग पुगेको खुलासा गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ५३ बजे

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत– विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य

कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक मिर्गौला प्रत्यारोपण

सुर्खेत– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा सातौँ पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण