आर्यन हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा « Khabarhub

आर्यन हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा


२३ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कसैलाई अहिले तनाव छ भने पक्कै पनि त्यो तनाव अभिनेता शाहरुख खानलाई नै हो । किनकी उनका छोरा आर्यन खानलाई लागुऔषध मामलामा मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।

यहीकारण शाहरुखलाई व्यावसायिक रुपमा करोडौंको घाटा लाग्न सुरु भइसकेको छ । शाहरुखसँग जोडिएका सबै विज्ञापनलाई विज्ञापन कम्पनी बायजूले फिर्ता लिएको छ । जसकारण उनलाई करोडौं घाटा भएको छ ।

शाहरुख सन् २०१७ देखि एजुकेशन एप बायजूको ब्राण्ड एम्बासेडर थिए । उनले यो ब्राण्डका लागि कैयौं विज्ञापन गरिसकेका छन् । आर्यन लागुऔषध मामलामा पक्राउ परेपछि शाहरुखविरुद्ध सामाजिक सञ्जालमा लगातार आक्रोश व्यक्त भइरहेको छ । शाहरुख लगातार ट्रोलमा परेपछि कम्पनीले यो कदम उठाएको हो । यो ब्राण्डबाट शाहरुखले वार्षिक रुपमा ४ करोड रुपैंयाँसम्म पाउँथे ।

‘बायजूले शाहरुखसँग जोडिएका सबै प्रमोसन हालका लागि रोकेको छ । शिक्षा क्षेत्रमा कार्यरत यो कम्पनी शाहरुखको विवादसँग जोडिन चाहदैन । यी विज्ञापनलाई सामान्य प्रक्रियामा एडभान्स बुक गरिएको थियो । त्यसकारण यसलाई रोक्नका लागि केही समय लाग्नेछ’, कम्पनी निकट स्रोतले भनेको छ ।

बायजूका अलावा शाहरुखले हुण्डाई, एलजी, दुबई टुरिजम, आईसीआईसीआई बैंक र रियालन्स जिओसहित कैयौं ब्राण्डको प्रमोसन गरिरहेका छन् । उनी बिग बास्केटसँग पनि जोडिएका छन् ।

क्रिएटिभ एड एजेन्सी एफसीबी इण्डियाका ग्रुप चेयरमेन रोहित ओहरीले शाहरुखको ब्राण्ड भ्यालुले बायजूलाई ठूलो सहयोग पुगेको खुलासा गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ३ : ५३ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका