टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतसँग नामिविया ९ विकेटले पराजित | Khabarhub Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट : भारतसँग नामिविया ९ विकेटले पराजित


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ ।

सुपर १२ अन्तर्गत समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले हराएको हो ।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा  पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउदै १ सय ३२ रन जोडेको थियो ।

नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ०१ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना