विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा : राष्ट्रसंघ « Khabarhub

विश्वका साढे चार करोड मानिस खडेरीको जोखिममा : राष्ट्रसंघ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघले विश्वभर साढे चार करोडभन्दा बढी मानिस खडेरीको जोखिममा रहेको जनाएको छ ।

४३ देशका साढे चार करोड मानिस खडेरीको जोखिममा रहेको राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले जनाएको हो । बढ्दो खडेरीका कारण कृषि उत्पादनमा आएको कमीले कतिपय मुलुकमा भोकमरीको अवस्था सृजना भएको छ । गत वर्षभन्दा यो वर्ष खडेरीबाट प्रभावित हुनेको संख्या ३० लाख बढेको छ ।

खडेरी र त्यसको सबैभन्दा बढी प्रभाव अफगानिस्तानमा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । ‘खडेरीपछिको भोकमरीले दशौं लाख मानिस दुःखी छन् । द्वन्द्व, जलवायु परिवर्तन र कोभिड १९ को चपेटका कारण विश्वको ठूलो जनसंख्या भोकमरीको चपेटामा परेको छ’, डब्लूडब्लूपीका निर्देशक डेभिड बिस्लेले भने ।

साढे चार करोडभन्दा बढी मानिस भोकमरीतर्फ उन्मुख भएको उनको भनाइ छ । भोकमरीका कारण अफगानिस्तानको अवस्था भयावह देखिएको उनले बताए । डब्ल्युएफपीले अफगानिस्तानका २३ लाख मानिसहरुलाई खाद्य सहयोग प्रदान गरेको छ ।

‘खाद्यन्न र इन्धनको मूल्य बढेको बढ्यै छ, कृषि उत्पादनमा प्रयोग हुने मलको मुल्य बृद्धि भएको छ । यसले अफगानिस्तान, यमन र सिरियाजस्ता देशमा ठूलो असर गरेको छ,’ उनले भने । विश्वव्यापी रुपमा देखिएको खडेरीका कारण विश्वले ७ अर्ब डलर मुल्य चुकाउनु पर्ने उनले बताए ।

खडेरीका कारण खाद्य असुरक्षा बढ्दा बाल बिबाह र बालबालिकालाई विद्यालयबाट पढ्न छुटाउनेजस्ता विकृति देखिएको उनले बताए । पछिल्ला वर्ष इथोपिया, हेइटी, सोमालिया, एंगोला, केन्या र बुरुन्डीमा भोकमरी बढेको डब्ल्युएफपीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ४५ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको