मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु « Khabarhub

मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतको मध्य प्रदेशस्थित एक अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ ।

मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि  नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो ।

आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ३० बजे

चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री

बागमती – साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट

लुम्बिनी प्रदेश : चार दिनमा ७८ विपद्का घटना

दाङ – लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका