कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो « Khabarhub

कास्कीमा १० वर्षमा डेढ लाख जनसंख्या बढ्यो

बसाइसराइ मुख्य कारण


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– राष्ट्रिय जनगणनाका लागि गरिएको प्रारम्भिक अध्ययनले कास्कीमा करिब डेढ लाख जनसंख्या बढ्ने देखाएको छ । २०६८ सालको जनगणनाको तुलनामा यसपटक डेढ लाख हाराहारी जनसंख्या थपिने अनुमान गरेको तथ्यांक कार्यालय कास्कीले जनाएको छ । अघिल्लो जनगणनाअनुसार कास्कीमा चार लाख ९२ हजार जनसंख्या छ । यो बढेर ६ लाख ३० हजार हाराहारी पुग्ने कार्यालयले जनाएकाो छ ।

‘अहिलेसम्म घर संख्या हेरेर अनुमान गरेका हौं । अलिअलि तलमाथि हुन सक्छ । करिब त्यही हाराहारी आउँछ,’ कार्यालय प्रमुख जग्गुलाल बस्यालले भने, ‘त्यसकै आधारमा गणकहरू खटाएका छौं । मुल गणनापछि मात्रै आधिकारीक डाटा आउँछ ।’ उनका अनुसार यहाँ एक लाख ४५ हजार घर छन् । त्यसमध्ये एक लाख १६ हजारमा मान्छे बसेका छन् । एक लाख ६८ हजार परिवार छन् ।

जिल्लामा जनगणनाका लागि आठ सय ५० जना गणक खटाइने छ । ‘सबैलाई तालिम दिएका छौं । केही टोलीलाई भोलिसम्म दिइसक्छौं,’ उनले भने, ‘करिब तयारी पूरा भएको छ । गणनाको सामग्री पनि जम्मा भैसक्यो ।’ मुख्यगरी बसाइसराइका कारण कास्कीको जनसंख्या बढी हुने बताइएको छ । ‘जन्मदर घट्दो छ । गाउँमा भन्दा सहरमा यो अनुपात झन् बढी छ,’ बस्याल भन्छन्, ‘विवाह ढिलो हुने र कम बच्चा जन्माउने कारण समग्र जनसंख्या भने खासै बढ्ने सम्भावना छैन ।’ कास्कीमा अन्यत्रबाट बसाइसराइ गरेर आउनेहरू धेरै भए पनि गण्डकीका अन्य जिल्लाको जनसंख्या धेरै तलमाथि हुने सम्भावना छैन ।

गणकसँगै एक सय ९० जना सुपरीवेक्षक पनि साथमै रहने बस्यालले जानकारी दिए । एक जना सुपरीवेक्षकले ३ देखि ५ जना गणकलाई सहयोग गर्नेछन् । गणकलाई भूगोलको जानकारी दिने, गणकले भरेका विवरण रुजु गर्ने, फारम भर्न नसकेकालाई सहयोग गर्ने काम सुपरीवेक्षकले गर्ने उनले बताए । सबै काम गणक र सुपरीवेक्षक मिलेर गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि ३० भदौदेखि १८ असोजसम्म सञ्चालित राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षक खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । सोही आधारमा मूल गणना हुनेछ । गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरण संकलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि संकलन गरिनेछ । सोही क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  २ : ०५ बजे

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ