अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि « Khabarhub

अफगानिस्तान सम्बन्धी भारतले बोलाएको सुरक्षा बैठक भोलिदेखि

रुस, इरान र मध्य एसियाका देश सहभागी हुने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानका विषयमा छलफल गर्न भारतले बोलाएको सुरक्षा सम्मेलन भोलिदेखि दिल्लीमा शुरु हुनेछ ।

बैठकमा सहभागी हुन रुस, इरान र मध्य एसियाका पाँच देशका प्रतिनिधि दिल्ली पुग्दैछन् ।

बैठकमा चीन र पाकिस्तानले सहभागी हुन अस्वीकार गरेका छन् । दुई देशको अस्वीकारकाबीच दिल्लीमा दुई दिन चल्ने बैठकले अफगानिस्तानको सुरक्षा चासोका विषयमा छलफल गर्नेछन् ।

अफगानिस्तानमा तालिबानको शासन शुरू भएपछि भविष्यको चिन्ता गर्दै भारतले विभिन्न पहल थालेको छ ।

त्यसैक्रममा दिल्लीमा आठवटा देशको दुईदिने बैठक बोलाइएको हो । अमेरिकाले अफगानिस्तानबाट सैनिकहरू फिर्ता बोलाउनका लागि तालिबानसँग कुराकानी शुरू गरेदेखि नै भारतलाई एक्ल्याइरहेको थियो ।

अहिले अफगानिस्तानमा मानवताविरोधी गतिविधिहरू बढिरहेकाले भारतको चिन्ता बढेको छ । त्यसैले अफगानिस्तानको भविष्यका विषयमा चर्चा गर्ने सबै अवसर भारतले छोपिरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्