कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा | Khabarhub Khabarhub

कांग्रेस उदयपुर प्रदेशसभा १ (ख) मा सरोज बस्नेतको प्यानल घोषणा


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) मा सरोज बस्नेत नेतृत्वको प्यानल घोषणा भएको छ । ३ मंसिरमा हुने कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभा अधिवेशनका लागि बस्नेतले उम्मेदवारी घोषणा गरेका हुन् । उनी नेपाली कांग्रेस त्रियुगा नगर समितिमा दुई कार्यकाल सभापति भइसकेका छन् ।

प्रदेश सभा १ (ख) को उपसभापतिमा उद्धवबहादुर राउत, चन्द्रबहादुर तामाङ सचिवमा फिरन खड्का, कुवेर ग्रान्जा मगर, सहसचिवमा लक्ष्मणप्रसाद भट्टराई, अर्चना दनुवारले उम्मेदवारी घेषणा गरेका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधि खुल्ला साततर्फ उद्धवकुमार थापा, संजीवकुमार केसी, विश्वराज तामाङ, राजन ढकाल, केशर बुढाथोकी, दोधकुमार राई र भरतकुमार दाहालले उम्मेदवारी घोषणा गरेका छन् । यता, महिला खुला तीततर्फ गोमाकुमारी बस्नेत राउत, इच्छा रिजाल, रिता कार्की खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

खस आर्य पुरुषतर्फ नरेश ढकाल, महिलामा गोमा कटुवाल, जनजाति पुरुषतर्फ भक्तबहादुर मगर, जनजाति महिलातर्फ मिराहाङ्ग वान्तावा, थारु प्रतिनिधिमा सत्यनारायण चौधरी र दलित प्रतिनिधिमा ध्रुब साह सोनारले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीय कार्यसमितिमा निर्वाचित हुने तीन सदस्यतर्फ दुर्गा कठायत, अर्जुन कटुवाल र मिना दनुवारको नाम घोषणा गरिएको छ ।

उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई, सचिवमा सन्तोष कोइराला र सुशील खत्रील उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ०० बजे

दमौली कारागारका कैदीबन्दीमा छालाजन्य रोग

तनहुँ – दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ।

उत्तरकाशीको धारालीमा भीषण बाढी, हेर्दाहेर्दै बगायो सिंगो बस्ती (भिडियो)

उत्तरकाशी, उत्तराखण्ड- उत्तराखण्डको खीरगंगा नदीमा आएको अचानक बाढीले उत्तरकाशी जिल्लाको

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले गरे पदाधिकारी चयन 

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पार्टीको केन्द्रीय

गोसाइँकुण्डमा यात्रुलाई निःशुल्क तातोपानीको व्यवस्था

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा भक्तजनका लागि यस वर्ष तातोपानीको

काठमाडौं उपत्यकामा दिनभरि झरी, जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यका लगायत आज देशैभर हल्का देखि भरी वर्षा