चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू « Khabarhub

चौदण्डीगढीमा जग्गाको लगत संकलनपछि नापजाँच सुरू


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चौदण्डीगढी नगरपालिकाले जग्गाको लगत संकलनपछि नापजाँच सुरू गरेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास क्षेत्रमा जग्गाको लगत संकलनपछि नापजाँच थालेको हो ।

नगरपालिकाले वडा नम्वर ८ सिद्धिपुरबाट जग्गा नापजाँचको कार्य सुरू गरेको हो । जग्गा नापीमा प्रयोग गरिने मेसिन टोटल स्टेशन (टियस) को नगरप्रमुख खगेन्द्र राईले (स्विच अन) गरेर सो कार्यको सुरू गरेका हुन् । वडामा भूमिहिन दलितको संख्या २५ घर, भूमिहिन सुकुमबासी ५० घर र अव्यवस्थित बसोवासीहरू संख्या ६ सय ८५ घर भएको लगत संकलन इकाइका प्रमुख कुमार श्रेष्ठले बताए ।

असारभित्र नापी सकिनु पर्ने थियो तर कोरोना महामारीका कारण रोकिएको काम सुरू गरिएको प्रमुख श्रेष्ठले बताए । लामो समयदेखि ऐलानी, पर्ती जग्गामा बसोबास गरिरहेको सर्बसाधारणलाई अब आफ्नो जग्गाको मालिक बन्न अर्थात आफूले भोगचलन गर्दै आएको जग्गाको (स्वामित्व) ग्रहण गराउन लागेको नगर प्रमुख राईले बताए ।

यो अत्यन्तै जटिल कार्य भएकोले स्थानीय संघसंस्थालगायत सचेत नागरिक र विभिन्न दलसँग आबद्ध राजनीतिकर्मीहरूसँग हातेमालो र सहयोग गरिदिन अनुरोध समेत गरेका छन्। साझा कार्यको लागि सबै एक जुट भए मात्र वडा, नगर र राष्ट्र समृद्ध हुने नगर प्रमुख राईको भनाइ थियो । लगत संकलनको लागि नगरपालिकाले ३२ जना करार कर्मचारी नियुक्ति गरी सो कार्य सुरु भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ०० बजे

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल