छठमा जनकपुरदेखि वीरगंजसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, पूर्वयुवराज्ञी हिमानी शाह सहभागी हुने « Khabarhub

छठमा जनकपुरदेखि वीरगंजसम्म हेलिकप्टरबाट पुष्पवृष्टि गरिने, पूर्वयुवराज्ञी हिमानी शाह सहभागी हुने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– पूर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यतामा छठ पूजाको अवसरमा बुधबार जनकपुरदेखि वीरगञ्जसम्म विभिन्न स्थानमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ ।

रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै २०४७ सालको संविधान पुनःस्थापना हाम्रो अभियान, नेपाल नागरिक अभियान, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय तथा श्रीराम हनुमान आराधना मण्डल नेपालसहित चारवटा संस्थाहरु आबद्ध भएको संयुक्त केन्द्रीय समितिले पुष्पवृष्टिबारे जानकारी दिएको हो ।

समितिले विशेषगरी धनुषा(जनकपुर), पर्सा र बारामा पुष्पवृष्टि गर्ने जानकारी दियो । धनुषा (जनकपुर) मागंगासागर पोखरी, दशरथ सागर पोखरी तथा जानकी मन्दिर तथा आसपासका पोखरीमा, पर्सा (विरगञ्ज)को घडिहरवामाई पोखरी तथा आसपासका पोखरीमा दिउँसो ४.३० बजे र बाराको बहुअरी पोखरी–५ मा पृष्पवृष्टिको कार्यक्रम रहेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै पूर्वराजदूत रामभक्त ठाकुरले छठ शब्दले नै मनमा उमंग बढ्ने बताए । उनले पूर्वयुवराज्ञी हिमानी शाहको आतिथ्यमा कार्यक्रम हुने खबरले आफू निकै हर्षित भएको सुनाए । उनले छठ पर्व कुनै जातपातको हिसाबले नमनाउने बताए ।

छठ पर्वले सबै नेपालीलाई एकीकृत गर्ने उनको भनाइ थियो । ठाकुरले कतिपय स्थानमा मुसलमान दाजुभाईले छठको पूजा गरिरहेको सुनाए ।

नेपाल नागरिक अभियान तराईका संयोजक कैलाश साहले तराई क्षेत्रमामात्र सीमित छठपर्व सबैतिर पुर्‍याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : २९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले