गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ।

अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरेको प्रजिअ मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : २० बजे

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल