गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- बच्चा जन्माउन नसकेपछि अछामबाट एक जना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका-१ निवासी मनसरा देवकोटाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि उनको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तत्काल उद्धर गर्नु पर्ने भएकाले हेलिकोप्टर मगाएर कोहलपुर लगेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई नि:शुल्क उद्धार गर्ने व्यवस्था सरकारले गर्दै आएको छ।

अछाममा २०७६ सालदेखि हालसम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १८ जना महिलाको हेलिकाेप्टरमार्फत उद्धार गरेको प्रजिअ मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : २० बजे

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई