७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा « Khabarhub

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् ।

विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौती आएको र अब विस्तारै ति समाधान हुँदै जाने उनले बताए । ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’

अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए । अर्थतन्त्र नबुझेको अर्थमन्त्री भन्ने आलोचकप्रति लक्षित गर्दै उनले ति व्यक्तिहरूबाट पनि अध्ययन गरिरहेको बताए ।

पूँजीगत खर्च कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको स्वीकार गर्दै त्यसका लागि गैरआवासीय नेपालीहरूले विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरिएको र यसले सकारात्मक प्रभाव पार्ने दाबी गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : ३० बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी