क्रिकेट मुख्य प्रशिक्षकमा फेरि पुबुदुको चर्चा « Khabarhub

क्रिकेट मुख्य प्रशिक्षकमा फेरि पुबुदुको चर्चा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन दिएका पूर्व प्रशिक्षक पुबुदु दसानायकेलाई फर्काउने तयारी गरेको छ ।

यद्यपि मोन्टी देसाईलाई पनि उनीहरूले प्राप्त गर्ने पारिश्रमिक, सेवासुबिधा, कर्तत्व र लक्ष्यसहितको प्रस्ताव पठाएकाले त्यसमा पनि छलफल भइरहेको जनाइएको छ ।

क्यान स्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक रहिसकेका पुबुदु दसानायके र वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकारसमेत भएका भारतीय नागरिक मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाइएको हो ।

स्रोतका अनुसार क्यान अहिले दुई प्रशिक्षकको जवाफको प्रतीक्षामा छ । पुबुदु र मोन्टीको सहमति आएपछि क्यानले रिक्त रहेको प्रशिक्षक पाउनेछ । भदौमा तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय प्रशिक्षकविहिन छ ।

क्यानले १ कार्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ३० जनाले आवेदन दिएका थिए । क्यानले ३० बाट १५ हुँदै अन्तिममा ५ प्रशिक्षक छनोट गरेको थियो । जसबाट पुबुदु र मोन्टी प्रशिक्षकका लागि ठूलो नाम हो ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसीसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरिएको जनाइएको थियो ।

श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : ४५ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि