क्रिकेट मुख्य प्रशिक्षकमा फेरि पुबुदुको चर्चा « Khabarhub

क्रिकेट मुख्य प्रशिक्षकमा फेरि पुबुदुको चर्चा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा आवेदन दिएका पूर्व प्रशिक्षक पुबुदु दसानायकेलाई फर्काउने तयारी गरेको छ ।

यद्यपि मोन्टी देसाईलाई पनि उनीहरूले प्राप्त गर्ने पारिश्रमिक, सेवासुबिधा, कर्तत्व र लक्ष्यसहितको प्रस्ताव पठाएकाले त्यसमा पनि छलफल भइरहेको जनाइएको छ ।

क्यान स्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक रहिसकेका पुबुदु दसानायके र वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकारसमेत भएका भारतीय नागरिक मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि प्रस्ताव पठाइएको हो ।

स्रोतका अनुसार क्यान अहिले दुई प्रशिक्षकको जवाफको प्रतीक्षामा छ । पुबुदु र मोन्टीको सहमति आएपछि क्यानले रिक्त रहेको प्रशिक्षक पाउनेछ । भदौमा तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि नेपाली राष्ट्रिय प्रशिक्षकविहिन छ ।

क्यानले १ कार्तिकमा मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । जसमा ३० जनाले आवेदन दिएका थिए । क्यानले ३० बाट १५ हुँदै अन्तिममा ५ प्रशिक्षक छनोट गरेको थियो । जसबाट पुबुदु र मोन्टी प्रशिक्षकका लागि ठूलो नाम हो ।

क्यानले राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसीसीका एक प्रतिनिधि रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरिएको जनाइएको थियो ।

श्रीलंकाका पूर्वखेलाडीसमेत रहिसकेका पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी-२० क्रिकेट विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : ४५ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल