सेयर बजारमा ५ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ५ अंकको गिरावट


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पाँचौँ कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ ।

नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ ।

बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन् । यिनीहरूमा पनि शून्य दशमलव ६ देखि शून्य दशमलव ६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ ।

नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ । त्यस्तैगरी, सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ३ : ५२ बजे

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा