छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द « Khabarhub

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरू पठनपाठनको समयमा हरेक दिन बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ ।

कक्षा ६देखि कक्षा १० सम्मका छात्राहरू पठनपाठनकै समयमा केही दिनयता बेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

बिहीबार १० जनाभन्दा धेरै छात्राहरूमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केहीबेर बेहोस हुने कराउने गरेपछि आफैँ ठिक हुने गरेको उनले बताए । केही समयपछि फेरि अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि बिहीबार मध्यान्तरपछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् । डा समीक्षा मल्लले छात्राहरूमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्कविच्छेद गरे विस्तारै समस्या आफैँ समाधान हुने बताउँछिन ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ७ : १५ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति