हट्यो पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ? | Khabarhub Khabarhub

हट्यो पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ ।

पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मुलुकका केही भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ ।

यद्यपि देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २६ गते (आइतबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २७ गते (सोमबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ७ : २५ बजे

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको