नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा « Khabarhub

नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।

पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ ।

सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।

नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ।  उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।

सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।

हेर्नुहोस् सूची

शक्तिशाली पासपोर्ट भएका देश

१. जापान (१९१ देश)

२. सिंगापुर (१९०)

३. दक्षिण कोरिया, जर्मनी (१८९)

४. इटाली, फिनल्याण्ड (१८८)

५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७)

सबैभन्दा खराब पासपोर्ट भएका देश

१००. उत्तर कोरिया, सुडान (३९ देश)

१०१. नेपाल, प्यालेस्टाइनी क्षेत्र (३८)

१०२. लिबिया (३७)

१०३. यमन (३३)

१०४. सोमालिया, पाकिस्तान (३२)

१०५. सिरिया (२९)

१०६. इराक (२८)

१०७. अफगानिस्तान (२६)

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : ५१ बजे

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले