नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा « Khabarhub

नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।

पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ ।

सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।

नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ।  उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।

सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।

हेर्नुहोस् सूची

शक्तिशाली पासपोर्ट भएका देश

१. जापान (१९१ देश)

२. सिंगापुर (१९०)

३. दक्षिण कोरिया, जर्मनी (१८९)

४. इटाली, फिनल्याण्ड (१८८)

५. स्पेन, लक्जमबर्ग, डेनमार्क (१८७)

सबैभन्दा खराब पासपोर्ट भएका देश

१००. उत्तर कोरिया, सुडान (३९ देश)

१०१. नेपाल, प्यालेस्टाइनी क्षेत्र (३८)

१०२. लिबिया (३७)

१०३. यमन (३३)

१०४. सोमालिया, पाकिस्तान (३२)

१०५. सिरिया (२९)

१०६. इराक (२८)

१०७. अफगानिस्तान (२६)

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १० : ५१ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने