राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्छ : पूर्व राजा शाह « Khabarhub

राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्छ : पूर्व राजा शाह


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने जनाएका छन् ।

यसैमा पृथ्वी जयन्तीको सार्थकता रहेने उनले विश्वास लिएका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ “नेपाल निर्माता तथा नेपाली एकताका प्रतिक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौँ  ।”

राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हीतलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूिमका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको उनले शुभकामना सन्देशमा भनेका छन् ।

उलने आफूहरुको निम्ति देश र जनता नै सर्वोपरी रहँदै आएको जनाएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, “हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहीत अनुकूल छ, त्यसको समीक्षा हुन अब विलम्व भइसकेको छ ।”

यस्तो छ शुभकामना सन्देश

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ५ : ५१ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने