पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ प्रचण्डले मेसो पाएनन् : मन्त्री रायमाझी  « Khabarhub

पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ प्रचण्डले मेसो पाएनन् : मन्त्री रायमाझी 


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीसमूह र प्रचण्ड-नेपाल समूहले आइतबार एकै दिन नवलपुरमा छुट्टाछुट्टै भेला गरेका छन् ।
 
नेकपाको ओलीसमूहले कावासोतीमा र प्रचण्ड–नेपालसमूहले मध्यबिन्दु नगरपालिका ७ चोरमारामा भेला आयोजना गरेका हुन् ।
 
नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी समिति सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी चिरा परेको मेसो नपाएको बताए ।
 
आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको उनको भनाइ थियो ।
नेकपा अध्यक्ष प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको उनको तर्क थियो । 
आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।
 
यस्तै, ओली समूहको भेलामा नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम भएको उल्लेख गरे ।
 
ओली समूहको भेला कावासोतीमा चलिरहँदा आज नै नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ७ चोरमारामा नेकपा प्रचण्ड–नेपाल समूहले पनि छुट्टै अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए ।
 
प्रचण्ड नेपाल समूहको जनवर्गीय संगठनहरुको भेलामा युवा नेता ठाकुर गैरेसहित जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ४६ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष