टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख « Khabarhub

टाटा मोटर्सको नयाँ कम्प्याक्ट ट्रक इन्ट्रा भी २० को नेपालमा बिक्री शुरु, मुल्य १९ लाख


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वको एक अग्रणी अटोमोटिभ निर्माता कम्पनी टाटा मोटर्सले नेपालको लागि कम्पनीको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गमार्फत् नवीनतम् स्मार्ट कम्प्याक्ट ट्रक टाटा ‘इन्ट्रा भी२०’ को नेपालमा बिक्री शुभारम्भ गरेको छ ।

टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्दछ ।

टाटा इन्ट्राको शुरु मुल्य रु. १९ लाख ७५ हजार कायम गरिएको छ । यो कम्प्याक्ट ट्रकलाई नेपालभर छरिएर रहेका सिप्रदी ट्रेडिङ्गका सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ, सहयोग र सम्भार गर्नेछन् ।

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर दोहोर गर्न सजिलो हुने थप ठाऊँ रहेको छ, सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ ।

यसका साथै ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउँछ ।

यसको भरपर्दो एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको सम्योजनले समस्टिमा न्यून मर्मत खर्च गराउँछ र यो जस्तै गाडीहरुको श्रेणीमा यसलाई उत्कृप्ट रोजाईको गाडी बनाउँछ ।

ठूलो लोड बडी, ११०० केजी को अधिकतम् भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक, न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको छ ।

No description available.

यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने मात्र ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । यसमा भएको केवल सिफ्ट मेकानिज्म र ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित गर्दछ ।

टाटा इन्ट्रा भी२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ । जसले ७० बीएचपी र १४० एनएमको टर्क पैदा गर्छ र उच्चतम इन्धन बचत गर्न सहयोग पुर्याउन गीयर सिफ्ट एडभाइजरको पनि व्यवस्था छ ।

टाटा इन्ट्रामा अधिकतम ग्राउण्ड क्लीयरेन्स र ४५ प्रतिशतको गे्रडेबिलिटि हुनाले नेपालको विद्यमान अवस्थाका सडकहरुको लागि अत्यन्त उपयुक्त गाडी हो ।

विभिन्न विशेषताहरुले भरपूर टाटा इन्ट्राको निर्माण, मजबुत बडी र क्याबिन सहित हाइड्रो–फम्र्ड च्यासिस फ्रेममा सुरक्षित तवरले गरिएको छ, जसले संरचनागत शक्ति, टिकाऊपना बढ्ने कुरा सुनिश्चित् गर्दछ र न्यून एनभिएच तहहरु उपलब्ध गराउँछ ।

बिक्री शुभारम्भ समारोहमा टाटामोटर्सका उपाध्यक्षरुद्ररुप मैत्राले भने, ‘टाटा मोटर्सका विविध र मजबुत दायराका व्यवसायिक गाडीहरु नेपाली ग्राहकहरुले अत्यधिक रुचाएर स्वीकार्नु भएको छ र हामी निरन्तर नयाँ नयाँ मोडलहरु र नवीन प्रकृतिका गाडीहरु पेश गर्न प्रयासरत छौं ।

टाटा इन्ट्रा ती ग्राहकहरुका लागि एक आदर्श उत्पादन हुनेछ जो सक्षमता प्रमाणित गरेको, भरपर्दो संयन्त्रहरु रहेको तथा धेरै समयसम्म गाडी चलाउँदा पनि थकान नहुने आरामदायी यात्रा महसुस हुने आकांक्षा राखेर उच्चतम व्यवसायिक प्रतिफल एवं न्यूनतम कूल लागत स्वामित्व भएको गाडीका लागि स्तरोन्नति गर्न इच्छुक छन् । टाटा इन्ट्रा भी२० को बिक्री शुभारम्भसँगै हामीले साना व्यवसायिक गाडीहरुको क्षेत्रमा आफ्नै किसिमको शक्तिशाली र लचिलो मोडललाई अगाडी ल्याउन सकेका छौं ।’

सिप्रदी ट्रेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले विश्वस्तरीय उत्पादनहरु उपलब्ध गराउने र उत्कृष्ट स्तरको ग्राहक सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको बताए ।

उनले टाटा इन्ट्रा भी२० को यो बिक्री शुभारम्भसँगै ग्राहकहरुलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारीता दिने गाडीहरु उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको बताए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ४ : १७ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य