कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय « Khabarhub

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिने, प्रदेश सरकारको निर्णय


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेशका प्रसारक सञ्चार गृहलाई एक लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए । मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गरिने बताए ।

‘कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत एक लाख दिने निर्णय गरेका छौँ’, उनले भने, ‘शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ।’

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए । कर्णालीका पत्रकारहरुका लागि दुर्घटना बीमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, ‘हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहेका छन् ।’

अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : १० बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा