नेकपा (दाहाल-नेपाल समूह)को जुलुसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त « Khabarhub

नेकपा (दाहाल-नेपाल समूह)को जुलुसले ट्राफिक व्यवस्थापन अस्तव्यस्त


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाद-नेपाल समूहको र्‍यालीले काठमाडौँको  ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।

दाहाल-नेपाल समूहले बिहान ११ बजे राजधानीका ५ स्थानबाट निकालेको जुलुस आमसभास्थल भृकुटीमण्डप जाँदैछ। त्यसक्रममा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

जुलुस निकालिएका क्षेत्रतर्फ यातायातका साधन प्रवेशमा प्रहरीले रोक लगाएको छ । ती क्षेत्रमा जान नपाएका सवारी साधन अन्यत्रै जाँदा ट्राफिक जाम अचाक्ली बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरिरहेको हो ।

जुलुस निस्किएपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ।

साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : ०८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको