कर्मा अब ‘फटाहा फणिन्द्रे’ « Khabarhub

कर्मा अब ‘फटाहा फणिन्द्रे’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता कर्मालाई दर्शकले फटाहा फणिन्द्रेको भूमिकामा हेर्न पाउने भएका छन् । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘फटाहा फणिन्द्रे’मा कर्मा शीर्ष भूमिकाका लागि फाइनल भएका हुन् ।

फिल्ममा कर्मासँगै अभिनेत्री छुल्ठिम डी गुरुङ र रोहित रुम्बा पनि अनुबन्धित भएका छन् । फिल्मका लागि अभिनेत्री सुष्मा कार्की यसअघि नै फाइनल भइसकेकी थिइन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन, इश्वरलाला सिंकेमनको छायांकन, उत्तम केसीको कथा तथा हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको पट्कथा तथा संबाद रहनेछ । निर्माता अरुणले यसअघि फिल्म ‘तिम्रो लागि’, ‘पाठशाला’ निर्माण गरिसकेका छन् । चैतको पहिलो साताबाट छायांकन शुरु हुने फिल्म कमेडीसँगै अपराधको कथा प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : २२ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख