पूर्वसांसद जोशीको निधन « Khabarhub

पूर्वसांसद जोशीको निधन


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो ।

‘नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो’,  कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भने, ‘उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।’

उनको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताए । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाँदै आएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १२ : २१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको