किन झ्यालढोका बन्द गरेर हिटर बाल्नु हुँदैन ? « Khabarhub

किन झ्यालढोका बन्द गरेर हिटर बाल्नु हुँदैन ?


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोयाममा चिसोका कारण लगभग सबै मानिसहरु आफ्नो झ्याल ढोका बन्द गरेर सुत्ने गर्दछन् ।

अझ कतिपय त घरको सबै झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर बाल्दछन् । यस्तोमा निसास्सिएर मानिसको मृत्यु पनि हुनसक्छ ।

खासगरी जाडोयाममा अधिकांशले घर, पसल वा कार्यालयमा कोठा तताउन ब्लोअर, हिटर वा कोइला बाल्ने गर्छन् । तर झ्याल ढोका बन्द गरेर कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्दा यो अति नै खतरनाक हुन्छ ।

यस्तोमा हिटर नबाल्नु भन्ने होइन तर कोठाको भेन्टिलेसन, झ्याल वा ढोका भने खुल्ला हुनु पर्दछ ।

कोठा तताउन प्रयोग गरीने कोइला, दाउरा वा मट्टितेलको हिटर बाल्दा यसबाट निस्कने कार्बनमोनोअक्साइड ग्यासले हामी निसास्सिन्छौं र मृत्यु हुनसक्छ । यस्तोमा कोठाका सबै झ्यालढोका बन्द गरी भेन्टिलेसन नभए त मृत्यु निश्चित जस्तै हुन्छ ।

यो कोठाका अलावा गाडीमा पनि हुनसक्छ । साथै लामो समयसम्म कोठा तातो राखेमा छालमा सुख्खापन पनि आउने गर्दछ । यस अलावा चायाको समस्या पनि बढि मात्रामा देखा पर्दछ ।

किन असर हुन्छ ?

कार्बनमोनोअक्साइड एउटा विषालु ग्यास हो । यो कोइला, दाउरा वा काठ बालिरहेको स्थानबाट आउने भएकाले भेन्टिलेसन नभएको कोठामा स्वास फेर्दा अक्सिजनसँगै यो ग्यास हाम्रो फोक्सोसम्म पुग्दछ ।

कार्बन मोनोअक्साइडले रगतको हेमोग्लोबिनसँग प्रतिक्रिया गर्छ र कार्बोक्सिहेमोग्लोबिनमा परिणत हुन्छ । रगतको रातो रक्तकोष (आरबिसी), अक्सिजनभन्दा पहिले कार्बन मोनोअक्साइडसँग प्रतिक्रिया गर्छ ।

त्यसैले अक्सिजनभन्दा कार्बनमोनोअक्साइड धेरै भएको स्थानमा बसेमा रगतमा अक्सिजनको साटो कार्बन मोनोअक्साइड भरिन्छ । यस्तोमा शरीरका मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता महत्वपूर्ण अंगमा अक्सिजनको कमी भएर हाइपोक्सियाको स्थिति उत्पन्न हुन्छ । फलस्वरुप ती अंगका टिस्यु मर्न थाल्छन् र मृत्यु हुने सम्भावना बढ्दछ ।

कसरी जोगिने ?

यदि सहज स्वास फेरिरहेको कोठामा एकाएक स्वास फेर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, उल्टी हुन खोक्नेजस्ता लक्षण देखिए वा सास फेर्न कठिन भए र आँखा पोलेमा हत्तपत्त खुल्ला हावामा निस्कनुहोस् ।

कोठा तताउन प्रयोग भएको हिटर, कोइला, दाउरा वा ब्लोअर निभाउनु होस् । झ्यालढोका बन्द भएको कोठामा कोइला वा दाउरा नबाल्नुहोस् । साथै लामो समयसम्म हिटर वा ब्लोअरको अत्यधिक प्रयोग गर्नु पनि हुदैँन ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको