घर वा पसलमा समस्या भए स्थापना गर्नुहोस् यी ५ यन्त्र « Khabarhub

घर वा पसलमा समस्या भए स्थापना गर्नुहोस् यी ५ यन्त्र


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लगन र मेहनतका साथ निर्माण गरेका बावजुद केही असावधानीका कारण भवनमा वास्तुदोष रहन्छ । जसका कारण शारीरिक, मानसिक र आर्थिक क्षति व्योहोर्नु पर्ने हुनसक्छ । यस प्रकारको समस्या लगातार आएमा वास्तुका केही सरल उपाय मार्फत ती वास्तु दोष कम गर्न सकिन्छ ।

हनुमान यन्त्र
धार्मीक मान्यता अनुसार हनुमान यन्त्र अर्थात मारुति यन्त्रको उपयोग प्रभावकारी मानिन्छ । यदि कसैको जग्गा जमीन बिक्रि भइरहेको छैन वा विवाद रहेको छ भने मंगलवारको दिन पारेर मध्यान्न १२ बजे यस यन्त्रलाई सम्बन्धित भूमिमा पूर्व वा ईशान दिशामा सवा हात गहिरो खाल्डो खनेर राख्ने र माथिबाट दूध वा गंगाजलको अर्पण गरेमा केही महिनाभित्रै समस्या समाधान हुने मान्यता छ । यो उपाय सवारी साधनको सुरक्षामा पनि उपयोगी हुन्छ ।

शुद्ध चाँदीको श्रीयन्त्र
श्रीयन्त्रलाई माता लक्ष्मीको स्वरुव मानिन्छ । ऐश्वर्य र धनलक्ष्मीको वृद्धि गर्न वास्तुमा यस यन्त्रको प्रयोग गरीन्छ । यदि पसलमा राम्रो आम्दानी भएको छैन, रोकिएको धन फिर्ता भएन वा व्यवसायबाट विरक्त लागेको छ भने पसलको उत्तर दिशामा शुद्ध चाँदीको श्रीयन्त्र राख्नु लाभकारी हुन्छ ।

दिक्दोषनाशक यन्त्र
दिक्दोषनाशक यन्त्रको प्रयोग वास्तुदोष निवारण गर्न महत्वपूर्ण मानिन्छ । यस यन्त्रमा सबै दिशाका र दिक्पालका देवता रहने भएकाले पूजनीय मानिन्छ । यदि घरमा बाथरुम, भान्सा लगायतका कोठा गलत दिशामा बनेका भए यो यन्त्रको स्थापना गरे बास्तु दोष नष्ट हुन्छ ।

वरुण यन्त्र
वरुण यन्त्र प्रभावकारी वास्तु यन्त्र मानिन्छ । यसले जल सम्बन्धीका समस्त दोष निवारण गर्दछ । यदि जलस्थान, धारा, पानिको ट्याकिंमा समस्या भएमा, अग्नि कोण वा गलत दिशामा बनेमा यस यन्त्रको स्थापना गरी पूजा गरेमा जल सम्बन्धीका सबै दोष नष्ट हुन्छ ।

सर्वमंगल वास्तु यन्त्र
सर्वमंगल वास्तु यन्त्र वास्तु सम्बन्धी सबै प्रकारका दोष निवारण गर्नुका साथै सबै प्रकारका मंगल कामनाकालागी अचूक मानिन्छ ।

द्वारदोषनाशक तोरण
यो एक विशिष्ठ प्रकारको तोरण हो, जो घरको मुख्य र सहायक द्वार सम्बन्धी दोष निवारणमा स्थापना गरीन्छ । साथै यसले घर बाहिरको बाहरी विपद्बाट पनि बचाउँछ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ४१ बजे

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको