निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको आग्रह


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

अख्तियार दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया होइन, अहिलेको सरकारबाट कुनै हस्ताक्षेप हु्ँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो जिम्मेवारी निष्पक्ष ढंगले पूरा गर्नुस् । देश र जनतालाई केन्द्रमा राखेर, सुशासनको मान्यतालाई शिरमा राखेर काम गर्नुस् । हामी सबैले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको भन्दै त्यो नीति परिणाम निकाल्नका लागि भएको बताए ।

‘हामी भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा छौं । यो प्रतिबद्धता मात्र होइन गरेर देखाउने हो । म आग्रह गर्न चाहन्छु भ्रष्टाचार नियन्त्रण हाम्रो साझा उद्देश्य र कर्तव्य पनि हो । गर्भनेन्समा ट्रान्सपरेन्सी होस् । हाम्रा हिसाब-किताब दोहोरो खातामा नहोस्, भ्याट बिल बिक्री नहुन्,’ ओलीले भने ।

उनले त्यस्ता कुरा नियन्त्रणका लागि सरकारबाट पनि कामको थालनी भएको र अख्तियार पनि प्रभावकारी भएर अघि बढ्नुपर्ने बताए । ‘नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुनेछ,’ ओलीले भने ।

उनले अख्तियारलाई प्रभावित पार्न विभिन्न ठाउँबाट धम्की आउने भन्दै त्यसबाट सुरक्षा दिने काम सरकारको भएको बताए । ‘तपाईंहरुलाई धम्की आउन सक्छ । धम्कीका भाषाको कुनै अर्थ छैन,’ प्रधनमन्त्री ओलीले भने, ‘तपाईंहरु त्रासबाट मुक्त हुनुस् हामी सुरक्षाको ग्यारेन्टी लिन्छौं ।’

उनले धाक लगाउनेहरु कुनै असल मानिस पनि नभएको र उनीहरुसँग थर्काउन कुनै शक्ति पनि नरहेको बताए । ‘तिनीहरुले थर्काउनुको कुनै अर्थ पनि छैन । बुख्याँचाले तर्साएर केही हुँदा पनि हुँदैन,’ उनले भने ।

भ्रष्टाचार नियन्त्रणका लागि सिंगो समाजको नै साथ आवश्यक हुने भन्दै भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने बताए । ‘सुरक्षा निकायको, सञ्‍चारमाध्यमको अन्य निकायहरुको साथ सहयोग रहनेछ ढुक्क हुनुस्,’ प्रधामन्त्री ओलीले भने ।

ओलीले अख्तियारमा एकजना सदस्यबाहेक प्रमुख आयुक्तसहित सबै नयाँ आएको भन्दै ढुक्क भएर काम गर्न शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : १६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको