निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको आग्रह


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष र ढुक्क भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

अख्तियार दिवसको अवसरमा आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अख्तियारलाई निष्पक्ष र ढुक्क भएर काम गर्न आग्रह गरेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया होइन, अहिलेको सरकारबाट कुनै हस्ताक्षेप हु्ँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो जिम्मेवारी निष्पक्ष ढंगले पूरा गर्नुस् । देश र जनतालाई केन्द्रमा राखेर, सुशासनको मान्यतालाई शिरमा राखेर काम गर्नुस् । हामी सबैले स्वतन्त्र ढंगले काम गर्न पाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको भन्दै त्यो नीति परिणाम निकाल्नका लागि भएको बताए ।

‘हामी भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा छौं । यो प्रतिबद्धता मात्र होइन गरेर देखाउने हो । म आग्रह गर्न चाहन्छु भ्रष्टाचार नियन्त्रण हाम्रो साझा उद्देश्य र कर्तव्य पनि हो । गर्भनेन्समा ट्रान्सपरेन्सी होस् । हाम्रा हिसाब-किताब दोहोरो खातामा नहोस्, भ्याट बिल बिक्री नहुन्,’ ओलीले भने ।

उनले त्यस्ता कुरा नियन्त्रणका लागि सरकारबाट पनि कामको थालनी भएको र अख्तियार पनि प्रभावकारी भएर अघि बढ्नुपर्ने बताए । ‘नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुनेछ,’ ओलीले भने ।

उनले अख्तियारलाई प्रभावित पार्न विभिन्न ठाउँबाट धम्की आउने भन्दै त्यसबाट सुरक्षा दिने काम सरकारको भएको बताए । ‘तपाईंहरुलाई धम्की आउन सक्छ । धम्कीका भाषाको कुनै अर्थ छैन,’ प्रधनमन्त्री ओलीले भने, ‘तपाईंहरु त्रासबाट मुक्त हुनुस् हामी सुरक्षाको ग्यारेन्टी लिन्छौं ।’

उनले धाक लगाउनेहरु कुनै असल मानिस पनि नभएको र उनीहरुसँग थर्काउन कुनै शक्ति पनि नरहेको बताए । ‘तिनीहरुले थर्काउनुको कुनै अर्थ पनि छैन । बुख्याँचाले तर्साएर केही हुँदा पनि हुँदैन,’ उनले भने ।

भ्रष्टाचार नियन्त्रणका लागि सिंगो समाजको नै साथ आवश्यक हुने भन्दै भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने बताए । ‘सुरक्षा निकायको, सञ्‍चारमाध्यमको अन्य निकायहरुको साथ सहयोग रहनेछ ढुक्क हुनुस्,’ प्रधामन्त्री ओलीले भने ।

ओलीले अख्तियारमा एकजना सदस्यबाहेक प्रमुख आयुक्तसहित सबै नयाँ आएको भन्दै ढुक्क भएर काम गर्न शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  २ : १६ बजे

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ

सवारी दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

झापा– झापाको कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा