मतदाता नामावली अद्यावधिक शुरु | Khabarhub Khabarhub

मतदाता नामावली अद्यावधिक शुरु


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिलाई तीव्र बनाएको छ ।

स्थानीय तहबाट सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेर ल्याएको विवरणअनुसार मतदाता नामावली अद्यावधिक शुरु गरिएको हो । वडा सचिवमार्फत सहायक नाम दर्ता अधिकारीले सङ्कलन गरेको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका छन् ।

प्राप्त विवरणअनुसार बसाइँसराइ गरेका, मृत्यु भएका, नागरिकता त्यागेकाको नामावली हटाउन थालिएको छ । दोहोरो नामावली परेकाको एक ठाउँमा मात्र कायम गर्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोविन्द थापाका अनुसार पुस ५ गतेसम्म ८२ हजार ९८७ जनाले तस्बिरसहितको मतदाता नामावली दर्ता गरेका थिए । सो नामावलीबाट १८ वर्ष नपुगेकालाई हटाउन ८१ हजार २६५ नाम कायम भएको छ ।

अठार वर्ष नपुगेका, मृत्यु, बसाइँसराइ गरेका र नागरिकता त्यागेकाको नाम हटाएपछि मतदाताको सङ्ख्या एकिन हुने जनाइएको छ । आगामी निर्वाचनमा म्याग्दीमा एक मतदान केन्द्र परिवर्तन र दुई नयाँ मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

मङ्गला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत र अन्नपूर्ण गाउँपालिका–८ को हिमाञ्चल माविमा मतदाता थप गर्न सिफारिस गरिएको हो । बेनी नगरपालिका–५ को चेतना आधारभूत विद्यालयको मतदान केन्द्रलाई जनकल्याण माविको केन्द्रमा गाभ्ने र जनकल्याणको एक मतदान केन्द्रलाई सोही वडाको डिम्म आधारभूत विद्यालयमा सार्न सिफारिस गरिएको हो ।

एक मतदान केन्द्रमा एक हजार भन्दा बढी मतदाता हुनुपर्ने नीतिगत व्यवस्था छ । यसअघि म्याग्दीमा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : ०५ बजे

स्थानीय प्रणालीले उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

काठमाडौं– मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका

पुनर्निर्माण कोषबाट सहुलितपूर्ण कर्जाका लागि नौ अर्ब निकासा

काठमाडौं– नेपाल सरकारको पुनर्निर्माण कोषमा बचत रहेको एक खर्ब २१

मन्त्री घिसिङसँग अमेरिकी राजदूतको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश